सोमबारका मुख्य खबर : शेयर बजारमा हरियाली, मौसममा बदली !

 मंसिर २२, २०७७ सोमबार १९:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार थप १०१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने १६ सयभन्दा धेरै डिस्चार्ज भएका छन् ।

७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली छाएको छ ।

ज्याला बढाउनुपर्ने माग गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटका मजदुर आन्दोलनमा उत्रिएका छन् ।

भारत किसान आन्दोलन चर्किएको छ । अखिलेश यादवलाई प्रहरीले हिरासतमा लिएको छ भने भारतीय किसानको पक्षमा लण्डनमा पनि आन्दोलन भएको छ । 

अनि विराट कोहलीलाई पछि पार्दै केन विलियमसन टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका छन् । 

हेरौं सोमबारका मुख्य खबर :

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान, ‘राजावादीको सक्रियता मुख्य एजेण्डा’

नवलपरासीमा नेपालले बनाउँदै गरेको हुलाकी सडकमा भारतीय एसएसबीको अवरोध, दशगजाको साढे ६ फिट जग्गा मिचिएको दाबी

पारवहन सन्धी र रेल सेवा सम्झौताको संशोधनको लागि भारत सकारात्मक

पश्चिम सेती आयोजनाकाे काम चाँडाे सक्न माग गर्दै ७५० डोकाे प्रदर्शन

थप १०१४ जनामा काेराेना सङ्क्रमण, १६ सयभन्दा धेरै डिस्चार्ज

कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ तर मिति टुङ्गो लागेको छैन

७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि

बिहारमा बनेको न्यून चापीय प्रणालीका कारण मौसम बदली, छिटफुट पानी पर्ने सम्भावना

यस्तो छ नयाँ परराष्ट्र नीति

दोब्बर बढी भाडा असुल्दै सुदूरपश्चिमका गाडी व्यवसायी, ‘गुनासो गर्दा प्रहरीले उल्टै हप्काए’

ज्याला बढाउनुपर्ने माग गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटका मजदुर आन्दोलित

यस्ताे देखियाे श्वेता खड्काकाे विवाह (तस्बिरहरू)

बम काण्डमा फरार पूर्वमन्त्री आलमका भाइ पक्राउ

भारत किसान आन्दोलन : अखिलेश यादवलाई प्रहरीले हिरासतमा लियो

भारतीय किसानको पक्षमा लण्डनमा पनि आन्दोलन, नियोजित भएको भारतको दाबी

चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकलाई ५० करोड डलर सरकारी अनुदान

पाकिस्तानको एक अस्पतालमा अक्सिजनको अभावमा ६ जना बिरामीको ज्यान गयो

विराट कोहलीलाई पछि पार्दै केन विलियमसन टेस्ट वरीयताको दोस्रो स्थानमा 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया