हामी पार्टी एकताको पक्षमा छौँ : योगेश भट्टराई

 वैशाख २७, २०७८ सोमबार १३:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि उहाँले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । उहाँले एकतालाई बचाइराख्न पनि आज संसदमा उपस्थित नहुने धारणा राख्नुभयो ।

नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँदैछ । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया