मर्स्याङ्दी नदीले दुई घर बगायो, जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा

 असार ५, २०७८ शनिबार १६:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ ।

मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ ।

बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ । नदीमा पानीको बहाव बढ्दै गएको छ । यसले चामेबजार उच्च जोखिममा परेको छ । जोखिमयुक्त क्षेत्रका स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको छ । मनसुन भित्रिए पछि लगातार परेको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले आजसम्म आठ वटा झोलुंगे पुल बगाइसकेको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया