यो वर्षको मनसुन अझै केही दिन लम्बिने

 असोज १५, २०७८ शुक्रबार ७:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उहाँले बताउनुभयो।उहाँका  अनुसार अब ठूलाे वर्षाको सम्भावना भने छैन ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ मा पनि मनसुन नबाहिरिने भएको हो ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने छैन । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना छ । भोलिको मौसम पनि यस्तै नै रहने मौसमविद् पौडेलले बताउनुभयो। 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया