ओमानमा गैर कानुनी रूपमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

 कात्तिक २२, २०७८ सोमबार १६:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ ओमानमा गैर कानुनी रूपमा काम गरिरहनु भएको छ ? यदि छ भने बिना जरिवाना स्वदेश फर्कन अब ढिलो नगर्नुहोस् ।

ओमान सरकारले ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ । 

यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी कुनै पनि जरिवाना लाग्दैन । 

ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । ओमान सरकारले दिएको यो अवसरको फाइदा लिँदै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेका छन् ।

ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहनुभएका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ । 

ओमान सरकारले दिएको आममाफीमार्फत स्वदेश फर्कन्न चाहने नेपालीले श्रमिकले पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा आममाफी बारे थप केही बुझ्न परेमा पनि दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागु हुने छैन ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया