नेतृत्व परिवर्तन भएरै छाड्छ : डा. काेइराला

 मंसिर २६, २०७८ आइतबार १९:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको हो । उहाँले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘सभापतिजीले आफू पराजित भएँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो, म तपाईँहरूको सामुन्ने प्रण गर्न चाहन्छु– नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ, सङ्गठित भइकन यो गठबन्धनलाई चुनावमा लैजान्छाैँ भन्ने कुरा तपाईँहरूको माझमा राख्दछौँ । यो सरकारलाई अझ बलियाे बनाउने प्रयास हाम्रो नेतृत्वले गर्नेछ ।’

ता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरूको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने पनि बताउनुभयो । उहाँले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र पालिका तहको चुनावमा नेपाली कांग्रेसलाई भागबन्डारहितको पार्टी , गुटबन्दीरहितको पार्टी, विराेधरहितकाे पार्टी बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताउनुभयो । उहाँले तीन तहकाे चुनावमा पार्टीलाई जिताउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेता कोइरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यक्रम, नयाँ विचार र नयाँ कार्यशैलीबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले भातृ संस्थाहरूलाई सुदृढ गरेर अघि बढ्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया