चेल्सी बेचेर युक्रेन–रुस युद्धका पीडितलाई सहयोग गर्ने अब्रामोभिचको घोषणा

 फागुन १९, २०७८ बिहीबार १४:१०:५० | एजेन्सी
unn.prixa.net

इङ्ग्लिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बिक्री गर्ने योजना बनाएको बताएका छन् । क्लब बिक्रीबाट हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई सहयोगका लागि उपलब्ध गराउने रुसी व्यापारी अब्रामोभिचले बताएका बीबीसीले जनाएको छ । उनले चेल्सी फुटबल क्लब र समर्थकलाई बिर्सन नसक्ने बताएका छन् । 

उनले क्लब बिक्री निकै कठिन निर्णय भएको र यसले पीडा दिएको बताएका छन् । अब्रामोभिचले चेल्सी क्लबलको बिक्री मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका बताइन्छ । 

क्लब बेच्ने निर्णयबारे ५५ वर्षीय अब्रोमोभिचले भनेका छन्, ‘मेरो निर्णय यो क्लब, समर्थक, यहाँका कर्मचारी, क्लबका प्रयोजक र साझेदारहरूको समेत हितमा रहेको मेरो विश्वास छ । क्लब बिक्री गर्न कुनै हतार गरिने छैन, एक प्रक्रियाअनुसार हुनेछ । म कुनै ऋण तिर्न भन्ने छैन ।’

उनले चेल्सीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको र जसमार्फत सबै मुनाफा दान गरिने बताएका छन् । 

अब्रामोभिचले सन् २००३ मा १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए । उनले क्लब खरिद गरेपछि चेल्सीले दुई पटक च्याम्पियन्स लिग, पाँच पटक प्रिमियर लिग र एफए कप, दुई पटक युरोपा लिग र तीन पटक लिग कप जितेको छ । यस्तै सन् २०२१ अगस्टमा चेल्सीले यूईएफए सुपर कप र फेब्रुअरीमा पहिलो पटक क्लब विश्व कप उपाधि जित्यो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया