नेपालमा झन्डै आधा गर्भाधारण अनिच्छित, यसमध्ये झन्डै दुई तिहाइ गर्भपतन : प्रतिवेदन

 चैत १६, २०७८ बुधबार १८:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा वर्सेनि हुने गर्भधारणमध्ये झन्डै आधा गर्भधारण अनिच्छित हुने गरेको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले आज बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा वर्षमा झन्डै १२ लाख पटक गर्भधारण हुने गरेको र तीमध्ये झन्डै आधा अनिच्छत हुने गरेको पाइएको हो । अनिच्छित गर्भधारणमध्ये झन्डै दुई तिहाइ गर्भपतन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार नेपालमा गर्भाधारणको चाहना नभए पनि प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरू प्रयोग गर्दैनन् । गर्भ बसिहालेमा गर्भपतन गराउन पाइन्छ भनेर अस्थायी साधन कम प्रयोग हुन थालेको भन्ने दाबीहरूलाई प्रतिवेदनले सहयाेग गरेकाे छ । नेपालमा प्रजनन उमेरका विवाहित महिलामध्ये झन्डै ४३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्छन् । परिवार नियोजनको आवश्यकता भएर पनि सेवा नपाउने महिलाहरूको सङ्ख्या २४ प्रतिशत छ ।

महिला तथा किशोरीहरूलाई प्रजनन अधिकारबाट वञ्चित गर्ने विभेदकारी लैङ्गिक मान्यता नै उच्च सङ्ख्यामा रहेको अनिच्छित गर्भाधारणको प्रमुख कारक रहेको यूएनएफपीएकाे प्रतिवेदनमा उल्लेख छ ।

यूएनएफपीएले सार्वजनिक गरेको स्टेट अफ वर्ल्ढ पपुलेशन रिपोर्ट २०२२ मा विश्वभर १२ करोड १० लाख महिला तथा किशोरीहरू अनिच्छित गर्भाधारण गर्न बाध्य भइरहेको उल्लेख छ । 

यस्ताे छ प्रतिवेदन–

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया