'हाम्रो पात्रो' एपबाट १० करोडभन्दा बढी रेमिट्यान्स भित्रियो

 जेठ २३, २०७९ सोमबार १३:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएकाे कम्पनीले यो महिनामा दश करोडको रेमिट्यान्स  भित्र्याएकाे हाे । 

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको थियाे। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो।

हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ। हाम्रो पात्रोले गएकाे वर्षनै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुङ्गा पार गरेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो। 

प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया