कांग्रेस सांसद दिव्यमणि राजभण्डारीद्वारा रातो पासपोर्ट मन्त्रालयलाई फिर्ता

 भदौ २३, २०७९ बिहीबार १७:१७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सांसदको सुविधामा पाउने रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फिर्ता गर्नुभएको छ । अब संसद्को कार्यकाल सकिन लागेको र पासपोर्ट प्रयोजनका कुनै काम नभएकाले फिर्ता गरेको उहाँले बताउनुभो ।

आफूसँगै राख्दा हराउने र अरू कसैले दुरुपयोग गरिदिने सम्भावना रहेकाले पासपोर्ट फिर्ता गरेको सांसद राजभण्डारीले उज्यालाेलाई जानकारी दिनुभयो । ‘रातो पासपोर्टका कारण धेरै सांसद बदनाम पनि भइरहेका छन्, हामीलाई कार्यकाल रहेसम्मका लागि मात्रै यो दिएको हुनाले मैले फिर्ता गरेको हो । अब सांसदको हैसियतमा पाएका सबै सुविधा छाड्दै जाने हो’, राजभण्डारीले भन्नुभयो ।

सरकारले सांसदहरूलाई विशेष कुटनीतिक सुविधासहितको रातो पासपोर्ट दिँदै आएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया