खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त, पोखरा जाने ७ वटा उडान रद्द

 असोज २०, २०७९ बिहीबार १४:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।

आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया