को-को ले दिए स्वतन्त्र उम्मेदवारी

 असोज २४, २०७९ सोमबार ७:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसले टिकट नदिएपछि नेता दिनेश कोइरालाले चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसकै नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको झापा क्षेत्र नं. ५ बाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया