प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई हरायो : सिटी र एभर्टनको बराबरी

 पुष १७, २०७९ आइतबार ७:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ ।  

गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा एभर्टनका डिमराइ ग्रेले बराबरी गोल गरे । सिटी १६ खेलमा ३६ अङ्कका साथ दोस्रो स्थानमा छ । एभर्टन १७ खेलमा १५ अङ्कका साथ १६ औँ स्थानमा रहेको छ ।

यस्तै, अरु खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्स्लाई १–० गोलले हरायो । युनाइटेडको जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गरे । फुलह्यामले साउथह्याम्पटनलाई २–१ गोलले तथा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया