नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चाैधरी पक्राउ

 माघ १९, २०७९ बिहिबार १५:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले चौधरीलाई भाेलि शुक्रवार धनगढी जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको बताउनुभयाे ।

कैलालीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई १० वर्षअघि ट्र्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । फैसलापछि केही समय फरार रहनुभएका चौधरीलाई प्रहरीले खोजी नगर्दा उहाँ खुला राजनीतिमा आएर सांसदसम्म बन्नुभएकाे हाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया