'मोका' चक्रवात बङ्गलादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश, भीषण वर्षा र पहिरोको चेतावनी

 वैशाख ३१, २०८० आइतबार १७:१०:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

'मोका' चक्रवात बङ्गलादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ । प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी गतिमा आएको आँधीसहितको शक्तिशाली चक्रवात तटीय क्षेत्रमा बज्रिएको बीबीसीले जनाएको छ ।

म्यानमारको सित्वेमा मोका चक्रवातका कारण बिजुली र इन्टरनेट सेवा बन्द भएको छ । टेलिफोन टावर तथा रुखहरू पनि ढलेका छन् । मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन् ।

चक्रवातलाई लिएर दक्षिण–पूर्वी बङ्गलादेशका झन्डै पाँच लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएकाे स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कोक्स बजारबाट मात्रै कम्तीमा दुई लाख मानिसलाई सुरक्षित ठाउँमा लगिएको छ । कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने अनुमान छ । झन्डै १० लाख मानिस रहेको शिविरमा रोहिङ्ग्या शरणार्थीहरू बस्छन् । बङ्गलादेश सरकारले शरणार्थीहरूलाई शिविरबाट बाहिर जान दिँदैन ।

मोका चक्रवात बङ्गलादेशले झन्डै दुई दशकयता सामना गरेको सबैभन्दा शक्तिशाली आँधी बन्नसक्ने मौसमविद्हरूकाे अनुमान छ । यसैबीच म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै एकै दिन एक सय ६१ मिलिमिटर वर्षा भएको म्यानमारको मौसम विभागले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया