यमनको हुथी विद्रोही समूहद्वारा पुनः युद्धको चेतावनी

 असार १५, २०८० शुक्रबार ६:४३:८ | एजेन्सी
unn.prixa.net

यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।

शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ सैन्य कारबाहीका लागि सक्रिय तयारी गरिरहेको जनाएको छ ।

हुथी विद्रोही लडाकुका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले युद्ध सुरु गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०१४ को अन्त्यतिर लडाइँ सुरु गरेको हुथी समूह र यमन सरकारबीच सन् २०२२ अप्रिल २ तारिखदेखि युद्धविराम गर्ने सहमति भएको थियो । त्यसपछि छिटपुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन् ।

यमनमा रहेको बारूदी सुरूङ सफाइ परियोजनाले जुन तेस्रो हप्तामा ८ सय ८० वटा बारूदी धराप निष्क्रिय पारेको छ । वर्षौँदेखि चलेको युद्धमा बारूदी धराप र साना विष्फोटक पदार्थ बिछ्याएका छन्, त्यसबाट जोखिम निम्तिएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया