सोलुखुम्बुमा एक वर्षमै २३ जना विदेशी पर्यटकले ज्यान गुमाए

 साउन १७, २०८० बुधबार १०:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई/दुई जना रहेका छन् ।

यस्ते बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक/एक जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका पाँच जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका एक/एक जना गरी तीन जना पर्यटक जेठ ५ गतेदेखि सगरमाथाको आधारशिविर क्षेत्रबाट हराइरहेका उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया