श्रीलङ्कामा १६ लाख बालबालिकाको अध्ययनका लागि युनिसेफको सहयोग

 भदौ १, २०८० शुक्रबार ६:४५:४० | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा कोरोना महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई सिकाइमा सहयोग पुर्याउने गरी कार्यक्रम शुरु भएको छ ।

श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कार्यक्रम शुरु गरेका हुन् । श्रीलङ्काका शिक्षामन्त्री सुशील प्रेमजयन्तले विगतमा तीन वर्ष विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताउनुभएको छ ।

श्रीलङ्काले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको चारदेखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ । गएको जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारको समर्थनको लाभ उठाउन सिकाइ सुधारका लागि विशेष छलफल समेत आयोजना गरेको थियो ।  
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया