विद्यालय बन्द गरे कारबाही गर्ने काठमाण्डाै महानगरको चेतावनी

 असोज ३, २०८० बुधबार १६:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ ।

सूचनामा महानगरपालिका मातहतका विद्यालय भोलि बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हडताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया