प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु

 फागुन २०, २०७६ मंगलबार १९:३२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । 

अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो । त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत अस्पतालले बताएको छ । त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ । यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

निवर्तमान अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अस्पताल पुग्नुभएको हो । त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे  जानकारीलिन मंगलबार दिउसो अस्तपताल पुग्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया