प्रधानमन्त्री ओलीलाई पूर्व राजादेखि नागरिकसम्मबाट स्वास्थ्य लाभको कामना

 फागुन २१, २०७६ बुधबार ७:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजादेखि नागरिकसम्मले स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले ट्वीट गर्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल उपचार र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीको व्यक्तिगत वेबसाइट https://kpsharmaoli.com.np  मार्फत आमनागरिकले पनि उहाँलाई सफल उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Asta

    March 4, 2020, 8:56 a.m.

    H. PM.. get well soon ....

  •  0 Reply

तपाईको प्रतिक्रिया