वैशाख २३ गते चुनाव गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

 पुस ५, २०७७ आइतबार १३:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको २३ गते आम चुनाव गर्न प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०७८ सालको वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

‘संसद विघटन गर्नु भनेकै अर्को चुनावको लागि हो, संसद विघटनको प्रस्ताव आउँदा चुनावको मिति पनि प्रस्ताव हुनु स्वभाविक हो’, स्रोतले उज्यालो अनलाइनसँग भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइसक्नुभएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • gyanendra

    Dec. 20, 2020, 1:22 p.m.

    अब मिति कहिले बन्दैन , सबै चोर रहेछन् नेपालमा /

  •  0 Reply

तपाईको प्रतिक्रिया