प्रचण्ड-नेपाल समूहले देशव्यापी प्रदर्शन गर्दै, सि‌ंहदरबारमा सांसदको भेला

 पुस ५, २०७७ आइतबार १३:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।

काठमाण्डौमा दिउँसाे ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनुभयो । प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अरु नेता कार्यकर्ता पनि सहभागी हुने उहाँको भनाइ छ । देशैभरका जिल्ला सदरमुकाम र  मुख्य सहरमा पनि प्रदर्शनको तयारी भएको दीपशिखाको भनाइ छ । 

यस्तै प्रधानमन्त्री ओलीको कदमको समीक्षा र आउँदाे रणनीति तय गर्न नेकपाका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयमा सांसदहरु भेला भएका छन् । भेलाले कुनै निष्कर्ष निकाल्ने र सार्वजनिक गरिने एक सांसदले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया