‘यातायात मजदुरलाई काेराेनाविरुद्धकाे खाेपकाे व्यवस्था गर्दै सार्वजनिक गाडी चल्न दिनुपर्छ’

 असार १०, २०७८ बिहिबार १९:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक गाडी सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरूले माग गरेका छन् । 

बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यातायात मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सार्वजनिक गाडी सञ्चालन गराउन माग गरेका हुन् । 

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नुपरेको तथा मजदुरहरू भोकभोकै बस्नुपर्ने बाध्यता आइ लागेकाले आफूहरूको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । प्रशासन यस विषयमा सकारात्मक भएको र केही दिनको कोभिड सङ्क्रमणको अवस्था हेरेर निर्णय गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरूले माग गरेका छन् ।  

प्रशासनले यातायात मजदुरलाई आउँदा दिनमा कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको महासचिव सिटौलाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया