लगातारको झरीले आन्तरिक उडान प्रभावित, पोखराका धेरैजसो उडान रद्द

 भदौ १३, २०७८ आइतबार १४:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ ।

भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर  काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् ।

मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्चालन हुन सक्ने कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो र अस्ति पनि आन्तरिक उडान प्रभावित भएको थियो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने समयमै भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया