पानी नपर्दा तराईका जिल्लामा गर्मी बढ्दो, धनगढीमा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नाघ्यो

 चैत २२, २०७८ मंगलबार ७:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढिरहेको छ । प्रि मनसुन सुरु भएदेखि नै तराईका जिल्लामा खासै पानी परेको छैन ।

मौसम बद्ली नहुँदा र पानी पनि नपर्दा त्यस क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम लगातार बढ्दै गएको हो । धनगढीको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ भने नेपालगञ्जको ३९ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ८, विरेन्द्रनगरको ३६, जनकपुरको ३४ दशमलव ५ र धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस छ ।

पहाडी क्षेत्रमा दिउँसोपछि मौसम आंशिक बदली भइरहेकाले अधिकतम तापक्रम खासै धेरै बढेको छैन तर तराईका जिल्लामा भने लगातार बढिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम सफा छ । सबैजसो ठाउँमा बिहानैदेखि घाम लागेको  छ । दिउँसोपछि भने  प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भई केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मन्जु बासीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया