आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

 साउन २७, २०७९ शुक्रबार ६:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् । ७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

आज, भोलि र पर्सिसम्म चल्ने सम्मेलनको नारा उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने तय गरिएको परिषद्ले जनाएको छ । यस्तै, राष्ट्रिय युवा परिषद्ले नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना पुरस्कार जित्नेलाई आज पुरस्कारसहित प्रमाणपत्र वितरण गर्दैछ ।

परिषद्ले हिजो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो ।
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया