नाइजरमा असन्तुष्ट सेनाको ‘कु’ : संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा

 साउन ११, २०८० बिहीबार ८:०:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गर्नुभएको छ ।

सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताउनुभएको छ ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि असन्तुष्ट सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी उहाँको पक्षमा समर्थन व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ।

त्यस्तै, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरी पूर्ण सहयोगको प्रस्ताव गरेको खबरमा उल्लेख छ । अफ्रिकी युनियनले पनि सैन्य ‘कु’ को विरोध गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी हुनुभएको थियो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया