वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

 असोज १२, २०८० शुक्रबार १४:१४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।

आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।

यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।

बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।

मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।

तस्बिर : प्रह्लाद चाैरसिया/फाइल

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया