कुवेतसँग हारे पनि बहराइन सेमिफाइनलमा

 कात्तिक १६, २०८० बिहिबार १९:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुवेतसँग हारे पनि बहराइन आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । समूह चरणकाे अन्तिम खेलमा आज बिहीवार बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा समूह 'बी' काे उपविजेता बन्दै बहराइन सेमिफाइनलमा पुगेकाे हाे ।

बहराइनले दिएकाे १ सय ५९ रनकाे लक्ष्य कुवेतले १६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका उस्मान पटेलले सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान माेहम्मद अस्लामले नटआउट ३६ रन बनाए । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २ विकेट लिए ।

यसअघि मूलपानी त्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायाे । बहराइनका इम्रान अनवरले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ कुवेतका मिर्जा अहमदले २ विकेट लिए ।

अब बहराइनले सेमिफाइनलमा भाेलि शुक्रवार बिहान ११ बजे कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा ओमानसँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनल खेलमा भाेलि नै बिहान ११ बजे नेपाल र यूएई खेल्दैछन् । सेमिफाइनलमा जित्ने दुवै टाेलीले आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया