आजको विशेष : दिनभरी हिउँ र झरी, हलौं होला त उखु किसानको भारी ?

 पुस १८, २०७६ शुक्रबार २०:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यसपालि पनि मौसमविदको भविष्यवाणी मिल्यो । उनीहरुले अनुमान गरेझैं शुक्रबार काठमाण्डौसहित देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । कतिपय डाँडापाखा हिउँले सेताम्य भएका छन् । हिउँ र वर्षाले चिसो झन् बढाएको छ । 

झरी र चिसो भए पनि केही दिनदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका उखु किसानले आफ्नो कार्यक्रमलाई शुक्रबार पनि निरन्तरता दिए । शुक्रबारको प्रदर्शनसँगै उनीहरुको आन्दोलन रोकिएको छ ।

सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि उनीहरु आन्दोलन रोकेर घर फर्कन तयार भएका हुन् । चिनी उद्योगीले बक्यौता रकम नतिरेपछि दुःखको भारी बोकेर काठमाण्डौ आएका किसान माग पूरा हुनेमा आशावादी छन् । तर वर्षौंदेखि भुक्तानी नपाएर भारी भएको उखु किसानको दुःख कहिलेसम्म हलौं होला त ? यसको जवाफ पाउन केही दिन पर्खनैपर्छ ।

हेर्नुहोस् शुक्रबारका मुख्य खबर :

देशका धेरै ठाउँमा झरी, चिसो बढ्यो

हिउँले सेताम्य हिमाल र पहाड (फाेटाेफिचर)

चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई जोगाउन डाक्टरकाे सुझाव

कश्मीरमा ज्यान गुमाएका गोरखाका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति : आन्दोलन स्थगित

देशभर फौजी किराको प्रकोप बढ्दाे : सचेत रहन नार्कको आग्रह

नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार, नारायणकाजी र वेदुराम भुसाल पनि उम्मेदवार

पृथ्वीनारायण शाहकालीन गोरखादेखि काठमाण्डौसम्मको ‘एकीकरण’ पदमार्गमा नेपाली सेनाको पदयात्रा

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय रुपैयाँ !

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

अर्थ मन्त्रालयका उप सचिव ढुंगाना र उहाँकी श्रीमतीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

धनुषा बम विस्फोट घटनाका मुख्य योजनाकार पक्राउ

चालकले अब चप्पल लगाउन नपाउने, गाडीमा लेखिएका ‘स्लोगन’ र ‘कोटेसन’ मेट्नुपर्ने

मेस्सी र राेनाल्डाेपछि अब काे ?

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया