भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा छाेडिन्न : प्रम ओली

 माघ १९, २०७६ आइतबार २०:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस् भन्ने चाहना भए पनि कोही फेला परेमा कारबाहीको भागीदार हुने बताउनुभएको हो ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न । यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो, शिखर होइन ।’

पार्टीको पाँचदिने बैठक उपलब्धिमूलक भएको उल्लेख गर्नुहुँदै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भीर रहेको बताउनुभएको छ । चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गर्नुभयो । चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षीत ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षीत रुपमा राख्ने ठाउँको खोजी भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • नवीन देवकोटा

    Feb. 3, 2020, 8:21 a.m.

    भ्रष्टाचारका सूचकाङ्कहरु समाजले नै तय गर्ने हो। समाजबाट बहुमत लिएर अ.दु.अ.आ.लाई निस्तेज बनाउने तिर लाग्‍नु पनि भ्रष्टाचारलाई प्रश्रय दिनु जस्तै हुन आउँछ होला।

  •  0 Reply
  • गोप्य

    Feb. 3, 2020, 5:42 a.m.

    हास्न पाइन्छ नि सरकार ? कि कारवाही हुन्छ हास्दा खेरी पनि ? कठै भ्रष्टाचार नै नसहने मेरो सरकार । खित खित खित खित 🤔😂😜🤣🤪😛😝🤯🤬😡

  •  0 Reply

तपाईको प्रतिक्रिया