एमसीसीबारे केही नेताले होइन, संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:३८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । 

पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो प्रसारण लाइन नेपाललाई नभई नहुने भएकोले बनाउनैपर्ने बताउनुभयो । 

‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ । यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ ओलीले भन्नुभयो । 

एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताउनुभयो । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ । 

यो प्रस्ताव अहिलेको सरकारले नभई अघिल्लो सरकारले गरेको तर अहिलेको सरकारले त्यो निर्णय मान्दिन भन्न नमिल्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा पनि रहेको भन्दै ओलीले सम्झौता गर्ने बेलामा राष्ट्रिय हितको पक्षमा होसियार र सावधान हुुनुपर्ने बताउनुभयो । 

एमसीसी पास गर्ने कि नगर्ने कुरा सदनले निर्णय गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया