उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गरेर घरबाहिर निस्किएका ११ सय जना 'हाेल्ड'

 भदौ ४, २०७७ बिहिबार १५:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन् गरेर घरबाट निस्किएका ११ सय ७० जनालाई प्रहरीले केहिबेर होल्ड गरेर छाडेको छ ।

गएराति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक नपरी निस्किएकाहरुलाई केहीबेर होल्ड गरेर छाडिएको प्रहरीले जानकारी दिएको छ ।

सबैभन्दा धेरै ललितपुरमा ४ सय ९८ जना, काठमाण्डाैमा ४ सय ३७ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्ड गरेर छाडिएको हो । आज निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केहिबेर होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ ।

यस्तै अहिलेसम्म निषेधाज्ञा उल्लङ्घन गरेका ६ सय ९८ मोटरसाइकल र स्कुटर तथा १ सय ९५ चार पाङ्ग्रे गरी ८ सय ९३ गाडीलाई पनि होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले सरकारले काठमाण्डाै उपत्यकामा गएराति १२ बजेदेखि आउँदो बुधबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा लागू भएकाले अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ ।

मर्निङ वाक र इभिनिङ वाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ । अतिआवश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन–

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया