इलामका अदुवा उत्पादक किसानमा उत्साह

 साउन ३१, २०७५ बिहीबार १०:३८:३९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् ।  भारत निर्यात  सहज हुदाँ यस वर्ष अदुवाको मूल्य ४० किलाेकाे २५ सय सम्म किसानले पाउने गरेका छन् । 

गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको फाकफोकथुम गाउँपालिका–१ की कृष्णमाया निरौलाको बताउनुभयो ।  उहाँले भन्नुभयो ‘विक्री नभएकै कारण यस वर्ष खेती नै मासेका थियौँ तर अदुवाको भाउले झुक्यायो, अब अर्को वर्ष फेरि खेती सुरु गर्ने सोचमा छौँ  । 

पहिले भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो । व्यवसायीक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । यो वर्ष अदुवा ५० प्रतिशतले कम उत्पादन भएको इलाम नगरपालिका ५ भोर्लेनीका व्यापारी लेखनिधि न्यौपाने बताउनुहुन्छ । 

उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको हुनसक्ने व्यापारी न्यौपानेले बताउनुभयो । 

यस वर्ष साउनको अन्तिम सातासम्ममा डेढ करोड भन्दा बढीको अदुवा इलामबाट निर्यात भएको छ । 
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लामा धेरै किसान व्यवसायिक अदुवा खेती गरी जिविकोर्पाजन गरिरहेका छन् ।  जिन्जर प्रोफाइलका अनुसार, इलाममा ३ हजार २ सय ३३, पाँचथरमा ६ सय ६१, धनकुटामा २ सय ४९ , तेह्रथुममा २ सय १२ र झापामा ३ सय ४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमा इलामबाट ४५ हजार ९ सय ९४, पाँचथरमा ८ हजार ८ सय ३९ , धनकुटामा ४ हजार ९ सय ३३, तेह्रथुममा ३ हजार दुई सय ७७ र झापामा ४ हजार ५ सय ८३ मेट्रिकटन अदुवा उत्पादन भएर निकासी भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टाबाट मात्र २० हजार ५१ मेट्रिक टन अदुवा भारत निकासी भएको कार्यलयका सूचना अधिकारी रमेश खतिवडाले बताउनुभयो ।

कार्यालयका अनुसार, सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५२९ रुपैयाँको अदुवा भारत निकासी भएको छ भने सन् २०१८ मा १५ करोड पाँच लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया