कोरोनाको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्रालय

 बैशाख २२, २०७८ बुधबार १७:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर सङ्कटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।

बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिनको ५० हजार रुपैयाँसम्मको शुल्कको सूची सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया