सिंहदरबारमा ओली र नेपालबीच छलफल चल्दै

 जेठ २, २०७८ आइतबार १४:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गाे लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ ।  यसअघि गएकाे शुक्रवार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ को अवस्थामा फर्कँदै विधान र पार्टी संरचना कायम गरेर अघि बढ्नेबारे दुई पक्षबीच सहमति भइसकेको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया