उपियाँ, उडुस, साङ्ला, मुसा नियन्त्रण गर्न त्रिवि शिक्षण अस्पतालद्वारा टेण्डर आह्वान

 साउन ३०, २०७८ शनिबार १२:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौले उपियाँ, उडुस, साङ्ला, मुसा आदि नियन्त्रण गर्न टेण्डर आह्वान गरेको छ । 

अस्पतालले शुक्रबार एक सार्वजनिक सूचना निकालेर बोलपत्र आह्वान गरेको हो । अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपीड, युनिटलगायत अस्पताल परिसरभित्रका अरु ठाउँहरुमा मुसा, उडुस, उपियाँ, साङ्लालगायत नियन्त्रण गर्नुपर्ने भएकाले टेण्डर आह्वान गरिएको सूचनामा उल्लेख छ । 

सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुकलाई आवश्यक कागजात साथ गोप्य सिलबन्दीसहित १५ दिनभित्र बुझाउन भनिएको छ । साथै आवश्यक जानकारीका लागि अस्पतालको सामान्य प्रशासन शाखा ख मा सम्पर्क गर्न सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया