नेपालसँग कुनै सीमा विवाद छैन : चीन

 भदौ १९, २०७८ शनिबार ७:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो । नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।

‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भन्नुभएको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उहाँको भनाइ छ ।

दुुई देशबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ । हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपदमा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले भनेको छ ।

केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई देशका नागरिक यसबाट लाभान्वित भइरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया