विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित

 कात्तिक ४, २०७८ बिहिबार ९:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ।

‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा आज उडान हुने सम्भावना छैन’ – विमानस्थलका एक कर्मचारीले उज्यालोलाई बताए ।  विमानस्थलमा आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ ।

मिलेसम्म  विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्डौ फर्काइने छ । तर, त्यसअघि जहाज उडाउन मिल्ने नमिल्नेबारे अध्ययन हुनेछ । उडान भर्न मिले ती जहाजलाई काठमाण्डौ फर्काइने छ । लगातारको झरीसँगै विमानस्थल डुबानमा पर्दा अस्तिदेखि विराटनगर विमानस्थलमा उडान अवतरण रद्द भएका छन् ।

देशका अन्य ठाउँमा भने अहिले उडान अवतरण भइरहेको त्रिभुवन विमानस्थल कार्यालय काठमाण्डौले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया