कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले कति पाए मत ? (सूचीसहित)

 पुष ४, २०७८ आइतबार २१:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल निर्वाचित हुनुभएको छ ।

यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल हुनुभएको छ ।

३५ जनामध्ये सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका २५ जना र सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका नौ जना विजयी भएका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षको सूचीमा हुनुहुन्थ्यो ।

चुनावमा यसअघि सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ । 

सूची-

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया