आज विश्व वन्यजन्तु दिवस मनाइँदै

 फागुन १९, २०७८ बिहिबार ९:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ ।

आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको क्षति बढाएको छ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । तर, यसलाई नबुझ्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ ।

नेपालमा दुर्लभ प्रजातिका धेरै जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु जरुरी रहेको विज्ञले बताएका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया