आईजीपी बढुवा विरुद्ध एआईजी पोख्रेल सर्वोच्च अदालतमा

 वैशाख १९, २०७९ सोमबार १३:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल सर्वोच्च अदालत जानुभएको छ ।

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको बढुवामा विधि मिचिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।  

पाेख्रेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । पोख्रेल बाहेक अरु कोही पनि यही  विषयलाई लिएर अदालत नगएका  ढकालले बताउनुभयो ।

अर्का आईजीपी सहकुल थापा पनि सर्वोच्च जाने तयारीमा रहेको बताइएको थियो । हिजोको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हाल्नुभएको छ ।

गृह सचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । वरीयताका क्रममा आफूभन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पाेख्रेल सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया