याे सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भयाे : अध्यक्ष ओली

 असार २७, २०७९ सोमबार १८:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने टिप्पणी गर्नुभएकाे छ । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो । 

आज सोमवार ललितपुरमा आयाेजित विभिन्न सञ्चारमाध्यामका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यो गठबन्धनको सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भयो, यसैलाई बोकिरहन अब उपयुक्त हुँदैन । याे सरकार निष्प्राण भयो र हानिकारक छ । यस परमादेशी सरकारको कुनै अर्थ छैन । अहिले यत्ति भनाैँ । हामी सकेसम्म सहमतिको राम्रो बाटोमा जान चाहन्छौँ । भएन भने पनि देशलाई कुबाटोमा जानबाट रोक्ने कोसिस गर्छाैँ ।’

अध्यक्ष ओलीले सरकारका सबै अङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकिरसमेत गर्नुभयो । उहाँले देश सङ्घीय संसद् र प्रदेश सभाको चुनावमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको दाेहाेर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया