निजामती सेवा पुरस्कार घोषणा, यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् (सूचीसहित)

 भदौ २२, २०७९ बुधबार ७:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज १९ औँ निजामती सेवा दिवस मनाईंदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ । १० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।

पुरस्कार पाउनेकाे सूची :

स्राेत : गाेरखापत्र
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया