२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम भएकाहरु फेरि बन्द सूचीमा बस्न पाउने

 भदौ २९, २०७९ बुधबार १९:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् ।  

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच आज भएको सहमति अनुसार २०७४ सालको बन्द सूचीमा रहेका व्यक्ति आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् । 

दलका प्रतिनिधिहरुसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्द हुनेगरी प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । 

यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावमा कुनै पदमा रहेको राजनीतिक व्यक्ति कुनै ठाउँको उम्मेदवार बनेमा सार्वजनिक स्रोत साधनको प्रयोग नगरिकन आफ्नो प्रचारप्रसार गर्न पाउने व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनु भयो । 

उहाँले मन्त्रीहरुलाई चुनावको प्रचारप्रसारमा जाँदा सार्वजनिक स्रोत साधनको प्रयोग हुन नदिने तर चुनावमा भाग लिने हकबाट रोक्न नहुने धारणाहरु आइरहेको र त्यसबारे आयोग परामर्शमा रहेको बताउनु भयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया