अब आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हाे : गगन थापा

 असोज २३, २०७९ आइतबार २०:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताउनुभएको छ । 

आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो भनाइ राख्नुभएको हो । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको उहाँकाे भनाइ थियो । महामन्त्री थापाले अबको चुनापछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताउनुभयो । आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उहाँले बताउनुभयो ।  

महामन्त्री थापाले काठमाण्डाै क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि त्यही क्षेत्रबाट चुनावमा उठ्न लागेको जिकिर गर्नुभयाे । उहाँले भन्नुभयो, ‘देशलाई यहाँसम्म ल्याउन रानीतिक दलका नेताहरूले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिँदै, आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर पाँच वर्षको निम्ति देश हाँक्ने हाे । आफैँ ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो । आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला । यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदैछ । मैले यो पटक सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु । त्यसका निम्ति चाहिने सपना मसँग छ । जोश मसँग छ । चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु । यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु ।’

महामन्त्री थापाले सांसदको रूपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागिपरेको दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया