राष्ट्र बैंकले दार्चुलाबाट सुरु गर्‍याे डिजिटल वित्तीय साक्षरता कार्यक्रम

 पुष ८, २०७९ शुक्रबार २०:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज शुक्रजार आयोजित एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न डिजिटल साक्षरता कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभयो । क्युआरबाट मात्र एक महिनामा ४२ लाख रुपैयाँभन्दा बढी कारोबार भएको जानकारी दिँदै उहाँले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’ को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहन उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा 'विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष' को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिने उल्लेख छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया