टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको ज्यान गयो

 फागुन ९, २०७९ मंगलबार ६:३९:२१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।

टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

टर्कीए सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया