युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान, अहिलेसम्म २ हजारभन्दा धेरै युक्रेनी रुसबाट मुक्त

 चैत २८, २०७९ मंगलबार १५:१८:५६ | एजेन्सी
unn.prixa.net

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत हिजो साेमवार एक सय जना युक्रेनी बन्दी रिहा भएका हुन् ।

रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० जना महिलासहित एक सय जना युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान तथा सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रुसी सेनाको सङ्ख्याबारेमा उहाँले कुनै विवरण दिनुभएकाे छैन ।  

यसैबीच युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रुसी सैनिकलाई रुससमक्ष हस्तान्तरण गरेको छ । किएभले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रुसलाई हस्तान्तरण गरेको हो ।

मार्च २०२२ देखि रुससँगको बन्दी आदानप्रदानअन्तर्गत अहिलेसम्म दुई हजार जनाभन्दा बढी युक्रेनी मुक्त भएका छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया